+
+

सोलुखुम्बुमा कांग्रेससँगको झडपमा माओवादी कार्यकर्ताको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १०:०७

३१ वैशाख, काठमाडौं । सोलुखुम्बुको सोताङमा कांग्रेस र माओवादी कार्यकर्ता बीच झडप हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ ३ का माओवादी कार्यकर्ता ३५ वर्षीय सुदीप राई रहेको प्रहरीले जनाएको छ ।

मतदानको क्रममा एक वृद्धाको विवाद उत्पन्न भएको थियो । दमको रोगी वृद्धालाई जबरजस्ती मतदान गराउन लगेकाले मृत्यु भएको भन्दै कांग्रेसले माओवादीलाई आरोप लगाएपछि विवाद बढेको थियो । विवादको क्रममा झडप हुँदा आफ्ना कार्यकर्ताको मृत्यु भएको नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला अध्यक्ष असिम राईले जानकारी दिए ।

यो घटनापछि सोताङको मतगणना रोकिएको छ । सोताङमा सत्तारुढ दलबीच गठबन्धन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?