+
+

जीतपुरसिमराको मेयरमा माओवादी केन्द्रका पौडेलको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १०:४६

३१ वैशाख, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले अग्रता लिएका छन् ।

वडा नम्बर २४ को १ हजार २१० मत गणना हुँदा पौडेलले ५४३ मत ल्याएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

उपमेयरमा  सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी मेघा साहीले अग्रता लिएकी छन् । उनले ५४३ मत ल्याएका छन् ।

दोस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख संजयकुमार साह र उपप्रमुखका उम्मेदवार वीपी मोक्तानले समान ४०० मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार तेस्रो स्थानमा छन् । एमालेको तर्फबाट प्रमुख पदको उम्मेदवार सरस्वती चौधरी र उपप्रमुखका उम्मेदवार भोला अधिकारी समान २६७ मत ल्याएका छन् ।

वडा नम्बर २४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुल्तान अन्सारीले ५४३ मत ल्याएर अग्रता लिएका  छन् ।

लोसपाका वडाध्यक्षका उम्मेदवार कलान अन्सारीले ४ सय र नेकपा एमालेका उम्मेदवार सेराजुन अन्सारी २७६ मत ल्याएका छन् ।

पहिलो चरणमा एकछापे मत मात्रै गणना गरेको सहायक निर्वाचन अधिकृत बलराम खड्काले जानकारी दिएका छन् । वडा नम्बर २४ मा १८ सय १६ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?