+
+

खार्पुनाथको मतदान केन्द्रमा झडप हुँदा तीन जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १६:४३

३१ वैशाख, हुम्ला । हुम्लाको खार्पुनाथको मतदान केन्द्रमा झडप हुँदा तीन जना घाइते भएका छन् ।

झडपमा परी खार्पुनाथ गाउँपालिका-५ याङ्चुका ६१ वर्षीय छत्र शाही, सोही वडाकै मन्दिर एडी र उनका छोरा घाइते भएको प्रहरीले जनाएको छ । तीनैजना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल हुम्लामा ल्याएको शाहीका छोरा सागरले बताए ।

‘बुबा मतदान स्थल बाहिर बसिरहेको बेला एक्कासि गठबन्धन पक्षबाट ढुंगा प्रहार भएपछि बुबा घाइते हुनुभयो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?