+
+

फिल्म ‘द आर्चीज’मा डेब्यु गर्दै सुहाना, पिता शाहरुखको भावुक पोस्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १८:२८

जोया अख्तरको फिल्म ‘द आर्चीज’बाट शाहरुख खान पुत्री सुहानाले बलिउडमा डेब्यू गर्दैछिन् । यो फिल्म सिनेमाघरमा नभई ओटिटी प्लेटफर्म नेटफ्लिक्सबाट सार्वजनिक हुने भएको छ । यद्यपि बलिउड र दर्शकहरु यस फिल्मलाई लिएर एकदमै उत्साहित छन् ।

गएको अप्रिल महिनादेखि फिल्म छायांकन सुरु भइसकेको छ । फिल्ममा सुहानासहित श्रीदेवी पुत्री खुसी कपूर, अमिताभ बच्चनकी नाती अगस्त्य नन्दा पनि डेब्यु गर्दैछन् ।

बलिउड स्टार किड्सले एकमुष्ठ डेब्यु गर्ने फिल्म भएकाले पनि यसप्रति धेरैको चासो छ । बलिउडकर्मीहरुले फिल्मको सफलताका लागि अग्रिम शुभकामना दिइरहेका छन् । यसैबीच गौरी खान र शाहरुख खानले पनि सामाजिक सञ्जालमा आफ्ना कुरा लेखेका छन् ।

छोरी सुहानालाई लक्षित गर्दै शाहरुख खानले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘यो कुरा याद राख कि सुहाना तिमी कहिले पनि सिद्ध (निपूर्ण) हुन सक्दैनौं । यद्यपि आफैप्रति सच्चा हुनु नै निपूर्ण हुनुको नजिक हो । एक कलाकारको रुपमा विनम्र र दयालु बन …आलोचना र ताली सधै साथमा राख्नका लागि होइन । मान्छेको हृदयसम्म पुग्नका लागि यो बाटो अन्तहीन छ ..जति सक्छौं, मान्छेको अनुहारमा मुस्कान ल्याउने प्रयास गर ।’

सुहानले आफ्ना पिताको पोस्टमा जबाफ दिदै लेखेकी छिन्, ‘लभ यु पापा…।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?