
१ जेठ, बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं. १ को अध्यक्षमा राप्रपाका बेलबहादुर बराल मगर निर्वाचित भएका छन् । ३ हजार ६७ मत खसेको यो वडामा बरालले १ हजार ७३८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
बराल अघिल्लो चुनावमा पनि उनी राप्रपाबाटै निर्वाचित भएका थिए ।
निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ६६६ र नेपाली कांग्रेसका उम्मेदवारले ३३३ मत पाएका छन् ।
यस्तै जनमत पार्टीले ३६ र जसपाले २९ मत पाएको गाउँपालिकाका निर्वाचन अधिकृत ताराकुमारी शर्माले जानकारी दिइन् ।
यसअघि प्रकाशित समाचारमा बराल माओवादीबाट छाडेर गएको भन्ने भूलवश पर्न गएकाले क्षमायाचना गर्दै सच्याएका छौं –सं.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4