+
+

यी बलिउड अभिनेत्री, जसको मृत्यु रहस्यमै रह्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १८:०४

मलयालम अभिनेत्री सहानाले गएको बिहिबार आफ्नो २२ औं जन्मदिन मनाइन् । तर, त्यसको भोलिपल्ट बिहान बाथरुममा उनी मृत्त भेटिइन् । उल्लासका साथ जन्मदिन मनाएकी सहानाले किन आत्महत्या गरिन् ?

यो भन्दा जटिल प्रश्न अर्कै छ । उनले आत्महत्या गरेका हुन् वा हत्या ? सहानाका आमाबुवाले यसलाई आत्महत्या मान्न तयार छैनन् । उनीहरुले आफ्नो छोरीको हत्या भएको भन्दै स्थानिय प्रहरीमा उजुरी दिएका छन् । यी मलयालम अभिनेत्रीको मृत्यु रहस्यमय छ ।

अब लागौं बलिउडतर्फ । थुप्रै बलिउड अभिनेत्री छन्, जसको मृत्यु अझैपनि रहस्यको गर्भमा छ । उनीहरुको मृत्यु स्वभाविक थियो वा थिएन ? उनीहरुले आत्महत्या गरेका थिए वा हत्या ? उनीहरुको मृत्युको पछाडि कुनै कारण लुकेको छ ?

यी प्रश्नहरु अहिलेसम्म निरुत्तर छन् ।

जस्तो बलिउडमा अभिनेता बराबार स्टारडम बनाएकी अभिनेत्री श्रीदेवीको मृत्यु स्वभाविक थिएन । हुन त उनको मृत्यु साइलेन्ट हार्ट अट्याकको कारण भएको पनि भनिएको छ । तर, सबैले यसलाई पत्याएका छैनन् ।

किनभने उनको मृत्युपछि पोस्टमार्टम गर्दा उनले मदिरा सेवन गरेको भेटियो । तर, मदिराकै कारण पनि उनको मृत्यु भएको हो भन्ने कुरामा सबै सहमत छैनन् । नजिकबाट चिन्नेहरुले भनेका छन्, उनी सीमित मदिरा पिउने गर्थे ।

आफन्तको विवाहमा सहभागी हुन पुगेकी उनको दुबईको एक होटलमा मृत्यु भएको थियो । त्यहाँ उनीसँग पति बोनी कपूर पनि थिए । यद्यपि श्रीदेवीलाई आफ्नो कोठाको बाथटपमा डुबिरहेको अवस्थामा भेटिएको थियो । उनको मृत्यु के कारणले भयो ? यो रहस्यको पर्दा अहिलेसम्म खुलेको छैन ।

बलिउडमा सनसनी मच्याएको अर्को घटना थियो, दिव्य भारतीको मृत्यु । आफ्नो जमानाका सर्वाधिक प्रिय अभिनेत्रीको करियरको उत्कर्षमा रहँदै मृत्यु भयो ।

उनको मृत्यु पाँचौ तलामाथिबाट बज्रिएर भएको थियो । प्रहरी अनुसन्धानले त यसलाई आत्माहत्या नै भन्यो, तर यसलाई धेरैले पत्याएनन् । भने, दिव्या भारतीको हत्या भएको हो ।

विजयलक्ष्मी वडलाकपति, जो सिल्क स्मिताको नामले चिनिन्थे । उनी दक्षिण भारतिय फिल्मकी सुपरस्टार थिइन् । १९९६ मा उनले आत्माहत्या गरिन् । उनी मदिराको कुलतमा थिइन् र आर्थिक अवस्था पनि एकदमै नाजुक थियो, त्यसबेला । पछि उनकै जीवनमा आधारित फिल्म पनि बन्यो, डर्टी पिक्चर ।

परवीन बाबीको मृत्युलाई लिएर अहिलेपनि बलिउडमा अनेकौ अड्कलबाजी गरिन्छ । उनलाई आफ्नै कोठामा मृत्त अवस्थामा फेला पारिएको थियो । त्यो पनि मृत्यु भएको लामो समयपछि । खासमा उनी प्यारानाइड स्किजोफिनियाले ग्रस्त थिए  । चिकित्सकका अनुसार उनको मृत्यु भोकको कारण भयो ।

केहि बर्षअघि जिया खानको मृत्यु भयो । उनी आफ्नै अपार्टमेन्टमा झुन्डिएकी अवस्थामा फेला परेकी थिइन् । तर, उनको आत्माहत्यालाई पनि अझै स्विाकार गरिएको छैन । आमा रयिबा खानले आदित्य पंचोलीका छोरा सूरजमाथि हत्याको आरोप लगाएकी थिइन् ।

भारतकी सर्वाधिक चर्चित मोडल विवेका बबाजीको मृत्यु निकै दुखद थियो । उनले आफ्नो फ्ल्याटमा फाँसी लगाएर आत्माहत्या गरेकी थिइन् । उनले आफ्नो डायरीमा केवल यति लेखेकी थिइन्, आइ किल । भनिन्छ, उनी ब्वाइफ्रेन्डका कारण पीडामा थिइन् ।

* यस सामाग्रीमा असावधानीवस अन्यथा फोटो प्रयोग हुन गएकाले क्षमाप्रार्थी छौं । अतः उक्त फोटो सच्याइएको छ । सं.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?