१ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले झण्डै १६०० मतले अग्रता लिएका छन् ।
सिंहले २८३२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले १२८६ मत ल्याएका छन् । राप्रपाका गिरीश गिरीले ८६ मत पाएका छन् ।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले २०२५ मत पाएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ३३१ मत पाएका छन् ।
वीरगञ्जमा सत्तारुढ गठबन्धनले मेयरमा जसपा उम्मेदवार र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका थिए । त्यस्तै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले पनि तालमेल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4