+
+

हेटौंडामा एकीकृत समाजवादीलाई उछिन्दै राप्रपाको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १९:१८

१ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एकीकृत समाजवादीलाई उछिनेको छ ।

पछिल्लो मत परिणाम अनुसार राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले एकीकृत समाजवादीकी मीना लामालाई पछि पारेका हुन् । सिंहले २ हजार ७१० मत ल्याएका छन् भने लामाको २ हजार ६६९ मत रहेको छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २ हजार ४३४ मत पाएका छन् ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता बनाएको छ । कांग्रेसका तर्फबाट उपमेयर उम्मेदवार राजेश बानियाँले ३ हजार ९८२ मत पाएका छन् भने उनलाई एमालेका सुमित्रा काफ्लेले ३ हजार १६ मतका साथ पछ्याइरहेकी छन् । राप्रपाकी इन्दिरा न्यौपानेले ८०३ मत ल्याएकी छन्  ।

हेटौंडा राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृहनगर समेत हो । हेटौंडामा राप्रपा नेपालले एमालेलाई सघाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?