+
+

वैज्ञानिकले पहिलोपटक चन्द्रमाको माटोमा उमारे विरुवा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते २०:०७

वैज्ञानिकहरु चन्द्रमाको माटोमा विरुवा उमार्न सफल भएका छन् ।

अमेरिकी अन्तरीक्ष संस्था नासाको अपोलो मिसनका क्रममा चन्द्रमाबाट ३ सय ८२ ग्राम माटो ढुंगा पृथ्वीमा ल्याइएको थियो । चन्द्रमाबाट भ्याकुम सिल्ड डिब्बामा पृथ्वीमा ल्याइएको थियो ।

कम्युनिकेसन बायोलोजीमा प्रकाशित शोध अनुसार चन्द्रमाबाट ल्याइएको माटोमा पहिलोपटक फूल फुल्ने बिरुवा उमारिएको छ । यद्यपि चन्द्रमाबाट ल्याइएको माटोमा विरुवा उम्रिनको लागि पृथ्वीको हावा र पानीको आवश्यकता परेको थियो ।

युनिभर्सिटी अफ फ्लोरिडाका प्राध्यापक एना लिसा पालका अनुसार पहिले पनि चन्द्रमाको माटोमा विरुवा उमारिएको थियो । तर त्यो यस प्रकारले उमारिएको थिएन । यसअघि पृथ्वीको माटोमा अलिकति चन्द्रमाको माटो मिसाएर विरुवा उमारिएको थियो । यसपटक भने केवल चन्द्रमाको माटोमा मात्रै विरुवा उमारिएको छ ।

एनालिसा पल र प्राध्यापक रोबर्ट फलले नासाबाट १२ ग्राम चन्द्रमाको माटो प्राप्त गरेका थिए । अपोलो ११, १२ र १७ मिसनका क्रममा ल्याइएको माटो उनीहरुलाई दिइएको थियो । अन्ततः ११ वर्षदेखि लगातार प्रयोग गरेपश्चात् उनीहरुले चन्द्रमाको माटोमा विरुवा उमार्न सफल भएका हुन् । त्यति थोरै मात्राको माटोमा विरुवा उमार्नु सजिलो थिएन । तर वैज्ञानिकहरुले जटिल कामलाई सम्भव तुल्याइदिएर इतिहास रचेका छन् । चन्द्रमाको माटोमा उम्रिएको पहिलो वनस्पतीको नाम आर्बिडोप्सिस हो ।

नासाले उसको आगामी चन्द्रमिसन अर्टेमिस मिसन्सको क्रममा चन्द्रमाको थप माटो ल्याउने योजना बनाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?