+
+

चन्द्रकोटमा माओवादी केन्द्रका केसी अध्यक्षमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते २१:३०

१ जेठ, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज केसी निर्वाचित भएका छन् । उनले ५ हजार ७ सय मत ल्याएर निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका बिष्णुप्रसाद भण्डारीले ५ हजार १६ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँपालिकामा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले ३ हजार ३४७ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेकै राधिका अर्यालले ३ हजार ८१६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चन्द्रकोट गाउँपालिकामा रहेका ८ वटा वडाहरुमध्ये ४ वटा वडामा नेपाली कांग्रेस, २ वटा वडामा नेकपा एमाले १ वटा वडामा नेपाली कांग्रेस र १ वटा वडामा स्वतन्त्र उम्मेदवारले वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् ।

जसअनुसार वडा नम्बर ३, ४,५, ८ मा नेपाली कांग्रेस, ६, ७ मा नेकपा एमाले, १ मा नेकपा माओवादी केन्द्र र २ मा स्वतन्त्र उम्मेदवारले वडाअध्यक्ष जितेका छन् । गाउँपालिकामा १६ हजार ३८२ जना मतदाता रहेकोमा १० हजार ०२२ जनाले मतदान गरेका थिए ।

गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए । यो गाउँपालिकामा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जितेको थियो ।

जिल्लामा १२ वटा तहमध्ये २ वटा स्थानीय तहको मतगणना सम्पन्न भइसकेको छ । अन्यमा मतगणना चलिरहेको छ । सम्पन्न भएका मध्ये रेसुङ्गा र गुल्मी दरवारमा नेपाली कांग्रेसले जितेके छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?