+
+

चितवनको कालिका नगरपालिकामा कांग्रेसलाई ३ मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते २३:५३

१ जेठ, चितवन । चितवनको कालिका नगरपालिकाको मेयरमा एमाले र कांग्रेसबीचमा कडा टक्कर परेको छ । एमालेका मेयरका उम्मेदवार विनोद रेग्मी र कांग्रेसका मेयरका उम्मेदवार शिवराम केसीबीच झिनो मतान्तरले अघिपछि हुने गरेको छ ।

कालिकाको ११ वटा वडामध्ये ७ वटा वडा गणना हुँदा एमालेका मेयरका उम्मेदवार बिनोद रेग्मीले ३हजार ७१६ मत र नेपाली काङ्ग्रेसका शिवराम केसीले ३ हजार ७१९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी बिमला लामाले ३ हजार ६२५ र गठबन्धन अन्तर्गत माओवादी केन्द्रकी सबिता लामाले ३ हजार ५२२ मत प्राप्त गरेकी छन् । उपमेयरमा एमालेकी लामा १०३ मतान्तरले अगाडि छन्।

अहिले सम्म कालिकाको १, २, १० र ११ नम्बर वडाको गणना सम्पन्न भइसकेको छ भने ३, ४, ८ र ९ नम्बर वडाको गणना भइरहेको छ । वडा नं. १ र १० मा कांग्रेसले जितेको छ भने, एमालेले वडा नं. २ र ११ जितेको छ। अघिल्लोपटकको चुनावमा यी वडा कांग्रेस र एमालेले नै जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?