+
+

गोसाइकुण्डको अध्यक्षमा फेरि चुनिए कैसाङ नुर्पु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १:५९

२ जेठ, रसुवा । गोसाइकुण्ड गाउँपालिकाको  अध्यक्षमा नेकपा एमालेका कैसाङ नुर्पु तामाङ निर्वाचित भएका छन् ।

आइतबार मध्यरातमा सकिएको मतगणनामा तामाङ २ हजार ५६३ मतका साथ निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका पेम्वाछिरिङ तामाङले २०८० मत पाएका छन् ।

२०७४ मा पनि उनी नै निर्वाचित भएका थिए । उपप्रमुखमा एमालेकै प्रतिमा तामाङ निर्वाचित भइन् । उनले २५४५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देकी तामाङले २०८८ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?