+
+

डडेलधुराको नवदुर्गा गाउँपालिकामा कांग्रेसका अवस्थी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ३:४९

२ जेठ, काठमाडौं । डडेलधुराको नवदुर्गा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मीप्रसाद अवस्थी विजयी भएका छन् । उनले २ हजार ८७९ मत पाएका छन् ।

एकीकृत समाजवादीका कविन्द्र विष्टले २ हजार ६०६ मत पाएर हार ब्यहोरे । कांग्रेसका गोकुल शाहीले १ हजार ३८५ र माओवादी केन्द्रका धर्मदेव लुहारले ६१५ मत पाए ।

कांग्रेसकै निर्मलाकुमारी बोगटी ३ हजार २०८ मत पाएर उपाध्यक्ष चुनिइन् । एकीकृत समाजवादीकी चन्द्रादेवी रुपालीले २ हजार ३६७ मत मात्रै पाइन् ।

एमालेका वीरबहादुर विष्टले ७७९ र मोओवादीकी विसनादेवी बोहराले ७०० मात्र मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?