+
+

गल्कोटको मेयरमा गैरे र उपमेयरमा निउरे निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ८:१३

२ जेठ, बागलुङ । गलकोट नगरपालिकाको मेयर र उपमेयरमा ५ दलीय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका भरत शर्मा गैरे ५ हजार ४ सय १४ मत प्राप्त गरी प्रमुख पदमा निर्वाचित भएका छन् ।

यो उनको दोस्रो कार्यकाल हो । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण काउचाले ३ हजार ५ सय १९ र स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेले ३ हजार २६२ मत प्राप्त गरेकी छन् ।

नगरको उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका फमलाल निउरे विजयी भएका छन् । उनले ६ हजार ३९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुपा विकले ३ हजार ५७ र स्वतन्त्र उम्मेदवार तिल बहादुर केसी उप्रेतीले १ हजार ९ सय ८१ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?