+
+

सल्यानमा विजय उत्सवको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

१० जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १२:३५

२ जेठ, सल्यान । सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भकएको छ । १० जना बढी घाइते भएका छन् ।

जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो ।

गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरू विजुलीको तारमा ठोक्किएर करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आएको छैन् । रागेचौर प्रहरीकाअनुसार छतमा बसेकाहरूले विद्युतको तारले छुँदा घटना भएको हो ।

घाइतेहरूलाई रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचान भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?