+
+

दैलेखको महाबुको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १४:२१

२ जेठ, काठमाडौं । दैलेखको महाबु गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । एमाले र एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका लक्षमण गुरुङ अध्यक्षमा विजयी भएका हुन् ।

गुरुङले २९७९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी  एमालेका हरिप्रसाद उपाध्यायले २५१९ मत ल्याएका छन्। एकीकृत समाजवादीका जंगबहादुर शाहीले २२६८ मत ल्याए । शाही यसअघि २०७४ मा पालिकाको अध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए ।

उपाध्यक्षमा पनि  कांग्रेसकी मन्जु पाण्डे निर्वाचित भएकी छन् । पाण्डेले ३१५५ मत प्राप्त गरेकी छन् । एमालेबाट उम्मेदवार दुर्गाकुमारी सिंहले २३०१ मत र एकीकृत समाजवादीका पुन्यप्रभा दशौ‌दीले २१३३ मत ल्याएकी छन्।

६ वडा रहेको महाबु गाउँपालिकामा तीन वडामा कांग्रेस, २ वडामा माओवादी र एक वडामा एमालेले अध्यक्ष जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?