+
+

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १५:०५

२ जेठ, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा मावादीका प्रेमबहादुर लामा विजयी भएका छन् । लामाले १४६६ मत ल्याए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६६२ मत ल्याए ।

यस्तै उपाध्यक्षमा कांग्रेसका तक्दीर लामा विजयी भएका छन् । उनलले १०९४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ५६५ मत ल्याए भने एमालेका नुरजङ तामाङले ४८२ मत ल्याए ।

यो गाउँपालिकाको वडानम्बर २, ३ र ६ मा स्वतन्त्र, १ र ४ मा एमाले र पाँचमा कांग्रेस विजयी भएका छन् । ६ नम्बरका अध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?