+
+

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा कांग्रेसका शेर्पा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १८:५७

२ जेठ, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वाङदी शेर्पा निर्वाचित भएका छन् । ३ हजार १७ मत ल्याउँदै उनी विजयी भएका हुन् ।

उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार भरत कटुवालले २ हजार ४७८ मत पाए । विजयी भएका शेर्पा २०७४ सालको चुनावमा वडा नम्बर १ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्यक्षमा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रकी मनकला राईले २ हजार ७३९ मत ल्याएर विजयी भएकी छन् । राईले  ७०६ मत अन्तरले पछि पार्दै विजयी भएकी छन् । उनका निकटम् प्रतिद्वन्दी एमालेकी चमेली याम्फुले २ हजार ३३ मत ल्याएकी छन् । याम्फु यसअघि उपाध्यक्ष हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?