+
+

कालीकोटको तिलागुफाको मेयरमा कांग्रेसका उपाध्याय निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १९:०५

२ जेठ, सुर्खेत । कालीकोटको तिलागुफा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शंकरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । दुई हजार ९१६ मत ल्याएर उनी मेयरमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिनेश चँदाराले दुई हजार ५४० मत पाएका छन् भने नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले ७८० मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । उनले दुई हजार ७५९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गीताकुमारी वली (थापा) ले दुई हजार ४१५ मत पाएकी छिन् ।

तिलागुफामा ०७४ मा माओवादीका रतनबहादुर शाही र उपप्रमुखमा दन्ता नेपाली निर्वाचित भएका थिए ।

यो नगरपालिकामा नेकपा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा थियो भने नेकपा एमाले र नेपाली कांग्रेसले तालमेल गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?