+
+

पाल्पाको रैनादेवीको अध्यक्षमा कांग्रेसका भट्टराई र उपाध्यक्षमा माओवादीका थापा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ११:२०

३ जेठ, पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रुक्मागत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित भट्टराईले ६ हजार ६ सय ४३ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत पाए ।

उपाध्यक्षमा ६ हजार ३ सय ७ मत ल्याएर माओवादीका थापा निर्वाचित हुँदा नेकपा एमालेकी गीता भट्टराई घिमिरेले ५ हजार १ सय ६१ मत पाइन् ।

८ वटा वडा रहेको यो गाउँपालिकामा २ वटा वडा एमाले र ६ वटा वडा गठबन्धनका उम्मेदवारले जितेको निर्वाचन अधिकृतको कार्यालय रैनादेवी छहराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?