+
+

गल्छीमा एमालेका खतिवडा विजयी, उपाध्यक्षमा कांग्रेसका तिवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १४:३७

३ जेठ, धादिङ । धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केदार खतिवडा निर्वाचित भएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका कृष्णहरि श्रेष्ठ २५२ मतान्तरले पराजित भए । श्रेष्ठ गठबन्धनका साझा उम्मेदवार हुन् । उनी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिएका थिए ।

अध्यक्षमा विजयी खतिवडा साविक कल्लेरी गाविस अध्यक्षमा एक कार्यकाल विजयी भएका थिए ।

उपाध्यक्षमा भने कांग्रेसका भाइराजा तिवारी विजयी भएका छन् । तिवारी ७ हजार ४९४ मतसहित विजयी हुँदा दोस्रो कार्यकालका लागि उपाध्यक्षका प्रत्यासी बनेकी एमालेकी राधा तिमल्सिनाले ७ हजार ४८ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?