+
+

सप्तरीको कञ्चनरुपमा ४ दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १५:००

३ जेठ, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयरमा चार दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । जारी मत गणनामा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र जनमत पार्टीका उम्मेदवारबीच कडा टक्कर भइरहेको हो ।

मंगलबार दिउँसो १ बजेसम्म ९ हजार १९३ मत गणना हुँदा चारै दलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । कांग्रेसका उम्मेदवार ललनप्रसाद गुप्ताले २ हजार २६१ मत ल्याउँदा जसपाका  भोलाकुमार पासवानले २ हजार २०३ मत पाएका छन् ।

यस्तै, जनमत पार्टीका उम्मेदवार इन्द्रदेव कगोडिया यादवले २ हजार १४९ मत पाउँदा एमालेका कलिमले २ हजार १०६ मत पाएका छन् ।

उपमेयरमा पनि तीव्र प्रतिस्पर्धा देखिएको छ । जनमत पार्टीका उम्मेदवालेर २ हजार २१६ मत पाउँदा कांग्रेसका उम्मेदवारले २ हजार १८६ मत पाएकी छन् । एमाले उम्मेदवारले २ हजार ११७ मत पाउँदा जसपाका उम्मेदवारले १ हजार ९९८ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?