+
+

कैलालीको गोदावरीमा स्वस्तिक छाप भेटिएपछि एमालेको विरोध, मत गणना स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १६:५६

३ जेठ, धनगढी । कैलालीको गोदावरी नगरपालिकामा मतगणना स्थलमा स्वस्तिक छाप फेला परेपछि गणना अवरुद्ध भएको छ । मत परिणामको तथ्यांक रुजु गर्ने कोठामा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि नेकपा एमालेले विरोध जनाएपछि मत गणना स्थगित भएको हो ।

एमालेले सत्तारुढ गठबन्धनले चुनावमा धाँधली गर्ने उद्देश्यले स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यकक्षमा फेला परेको आरोप लगाएको छ । उक्त स्वस्तिक छाप फेला परेको कोठामा गठबन्धन निकट मानिने गोदावरी नगरपालिकाका एक जना कर्मचारी समेत भेटिएको भन्दै एमालेले छाप लगाएर मतपत्र साटासाट गर्ने काम गरिएको आशंका गरेको छ ।

गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र भण्डारीले समेत मतगणना स्थलमा स्वस्तिक छाप भेटिएको, तर कहाँबाट कसले ल्याएर राख्यो भन्ने विषयमा जानकारी नभएको बताए । उनले स्वस्तिक छाप भेटिएपछि मत गणना रोकिएको र अहिले सर्वदलीय बैठक बसिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?