+
+

नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १८:५५

३ जेठ, काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ ।

निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि श्रीवास्तव नयाँ राजदूतमा नियुक्त भएका हुन् ।

भारतको विदेश मन्त्रालयले श्रीवास्तवलाई मंगलबार मात्रै नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको जनाएको छ । उनी छिट्टै जिम्मेवारी सम्हाल्न नेपाल आउने मन्त्रालयल जनाएको छ ।

भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन् ।

यसअघि श्रीतास्तव भारतको विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनको प्रमुखका रूपमा कार्यारत थिए । उनलाई चीन मामिलाका जानकारका रूपमा मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?