 
																			४ जेठ, पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
पालिकाकी निवर्तमान उपाध्यक्ष सरस्वती चिदी ८ सय ३३ मत अन्तरले अध्यक्षमा विजयी भएकी हुन् । उनले ६ हजार ४ सय ६६ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन् ।
यस्तै, उपाध्यक्षमा एमालेका हरि पाठक ५ हजार ८ सय ७३ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल)ले ४ हजार ७ सय ७८ मत ल्याए ।
नौ वडा वडा रहेको यो पालिकामा ६ वटा वडामा एमाले तथा तीनवटामा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4