+
+

मोरङको केराबारी र कानेपोखरीमा एमाले विजयी

हरि अधिकारी हरि अधिकारी
२०७९ जेठ ४ गते १०:२६

४ जेठ, विराटनगर । मोरङको केराबारी र कानेपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

केराबारी गाउँपालिका अध्यक्षमा सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा मनमाया मगर निर्वाचित भएका छन् । कानेपोखरी गाउँपालिकाको अध्यक्षमा राजमती इङनाम र उपाध्यक्षमा भोला अधिकारी निर्वाचित भएका छन् ।

२०७४ सालको निर्वाचनमा केराबारीको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जितेको थियो । यस्तै कानेपोखरीको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको थियो । अध्यक्षमा विजयी इङनाम यसअघि पालिका उपाध्यक्ष थिइन् ।

बुधबार बिहान सार्वजनिक केराबारीको अन्तिम मत परिणामअनुसार एमालेका सुमन ७ हजार ८१० मत ल्याएर विजयी भएका हुन् । निकतम प्रतिद्वन्द्वी कांग्रेसका रोहितबहादुर कार्कीले ६ हजार ३९० मत प्राप्त गरे । रोहित २०७४ सालको स्थानीय तह निर्वाचनमा ५ हजार ४९९ मत ल्याउँदै गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।

केराबारी उपाध्यक्षमा विजयी मनमायाले ७ हजार २६७ मत पाइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शुभद्रा राईले ६ हजार ४२८ मत मात्रै ल्याइन् ।

कानेपोखरी गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार इङनाम ८ हजार ९७५ मतसहित निर्वाचित हुँदा कांग्रेस उम्मेदवार सन्जय भट्टराईले ५ हजार ८४६ मत प्राप्त गरे । माओवादी केन्द्रका उम्मेदवार सूर्यबहादुर धिमालले ४ हजार ८३३ मत प्राप्त गरे ।

उपाध्यक्षमा निर्वाचित अधिकारीले ९ हजार ५७० मत प्राप्त गरे । कांग्रेस उम्मेदवार मनकुमारी गुरुङले ७ हजार ८१८ र माओवादी केन्द्रकी उम्मेदवार तारा ओझाले १ हजार ९४० मत प्राप्त गरिन् ।

१० वटा वडा रहेको केराबारीमा एमालेले ६ वटा वडा जितेको छ । कांग्रेसले ३ र माओवादी केन्द्रले एउटा वडा जितेका छन् । केराबारी-६ मा माओवादी, ४, ८ र ९ मा कांग्रेस तथा १, २, ३, ५, ७ र १० मा एमालेका उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

७ वटा वडा रहेको कानेपोखरीमा नेकपा एमालेले ५ र कांग्रेसले दुई वडा जितेका छन् । वडा नम्बर २, ३, ५, ६ र ७ वडा एमालेले जित्दा वडा नम्बर १ र ४ मा नेपाली कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?