+
+
Shares

चुनावको दिन संसद् भवन अगाडि विष्फोट गराएको आरोपमा चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १०:५७

४ जेठ, काठमाडौं । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनको दिन एकाबिहानै नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सिलिन्डर विष्फोटन गराएको अभियोगमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आफूहरुलाई नेपाल कम्युनिस्ट पार्टी (सिवादी) नामक समूह सदस्य बताउने गोरखाका हरिकृष्ण थापा, काभ्रेका करण श्रेष्ठ, भोजपुरका युवराज थापा र खोटाङका भरतकुमार राई छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले चुनावका वेला आतंक सिर्जना गर्ने उद्देश्यले बिहान अन्दाजी २ बजेतिर सिलिन्डर ग्याँसमा आगो लगाएर विष्फोट गराएका थिए ।

‘पहिल्यै विष्फोट हुन लागेको सूचना पाएपछि बानेश्वरबाट इन्स्पेक्टरको नेतृत्वमा टोली परिचालन भएको थियो’ उनले भने, ‘तर, प्रहरी पुग्नु केही मिनेट अगाडि मात्र विष्फोट भएको थियो, प्रहरी टोली ठूलो क्षतिबाट जोगिएको थियो ।’

विष्फोटनबाट दृष्टि आँखा केन्द्र रहेको भवन र एक कन्सल्ट्यान्सी रहेको घरको शिशा फुटेको थियो । पक्राउ परेकामध्ये भरतकुमार यसअघि पनि हातहतियार तथा खरखजना, बैंकिङ कसुर तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परिसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?