+
+

पश्चिम रुकुमको चौरजहारीमा माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १२:०८

४ जेठ, रुकुम पश्चिम । कांग्रेस र एमालेको गठबन्धनलाई तोड्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

आज बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार नगरप्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी शर्मा (विएम) विजयी भएका हुन् ।

नगरप्रमुखमा विजयी माओवादी केन्द्रका पुष्प वादी ६८८२ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमबहादुर वलीले ६३११ मत पाए । उनीहरुबीचको मत अन्तर ५७१ छ ।

यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी इश्वरी शर्मा (विएम) ७ हजार २ मत सहित विजयी भइन् । उनले नेकपा एमालेका उम्मेदवार टंक प्रसाद ओलीलाई १ हजार २५८ मतले पछि पारिन् । ओलीले ५७४४ मत पाए ।

चौरजहारी नगरपालिकाका अधिकांश वडाहरु पनि माओवादी केन्द्रले जितेको छ । नगरपालिकाका १४ वटा वडाहरुमध्ये वडा नम्बर ६, ९ र १४ मा कांग्रेस तथाअन्य सबैमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।

वडा नम्बर १ मा माओवादी केन्द्रका इन्द्रे गिरी, २ मा विरबहादुर राना, ३ मा लालबहादुर बुढा, ४ मा गोपाल बहादुर भण्डारी, ५ मा खुमबहादुर खड्का विजयी भएका छन् ।

यसैगरी वडा नम्बर ६ मा नेपाली कांग्रेसका जयप्रकाश बोहरा, ७ मा माओवादी केन्द्रका भीमप्रसाद जैसी, ८ मा शशीराम विक र ९ मा नेपाली कांग्रेसका नरबहादुर मल्ल विजयी भएका छन् ।

यसैगरी १० मा विरेन्द्रबहादुर रोकाय, ११ मा तुल्से वली, १२ मा टिकाराम ओली, १३ मा श्रीकृष्ण शर्मा र १४ नम्बर वडामा थलबहादुर कवर वडा अध्यक्ष निर्वाचित भएका छन् ।

रुकुम पश्चिमका ६ वटा पालिकाहरुमध्ये चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिका माओवादी केन्द्रले जितेको छ । नेपाली कांग्रेसले बाँफिकोट गाउँपालिका जितेको छ ।

जिल्ला सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिका र आठबिसकोट नगरपालिकामा मतगणना जारी छ । मुसिकोटमा कांग्रेस र आठबिसकोटमा माओवादीका उम्मेदवारहरु अगाडि छन् ।

पूर्व रुकुममा भने भुमे, सिस्ने र पुथा उत्तरगंगा तीनवटै गाउँपालिकामा माओवादी विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?