+
+

जाजरकोटको बारेकोटको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १५:३१

४ जेठ, जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई १०९ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा विजयी भएका हुन् ।

गिरीले ३९५४ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्रबहादुर शाहले ३८४५ मत पाए ।

उपाध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी निर्वाचित भएका छन् ।गिरीले ३६६३ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेकी गीता सिंहले ३४०१ मत पाइन् ।

बारेकोटमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट महेन्द्रबहादुर शाह निर्वाचित भएका थिए ।

बारेकोट गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । एमालेले एक्लै निर्वाचनमा सहभागी भएको हो ।

अध्यक्षमा निर्वाचित गिरी प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय उपाध्यक्षसमेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?