+
+

भरतपुर महानगरमा रेनु दाहाल १८५२ मतले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १४:२४

४ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मत अन्तर थप फराकिलो बनाएकी छन् ।

पछिल्लो मत परिणाम अनुसार रेनुले एमालेका उम्मेदवार विजय सुवेदीलाई १ हजार ८५२ मत अन्तरले पछि पारेकी छन् ।

रेनुले १० हजार ४४९ मत पाउँदा एमालेका विजय सुवेदीको मत ८ हजार ५९७ छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत पाएका छन् ।

उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १२ हजार ४९६ मत पाएका छन् । उनको प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन् ।

अहिले भरतपुर महानगरपालिकाको ७ नम्बर वडाको मत गणना भइरहेको छ । एमालेको पक्षमा ४०० मत आउँदा एकीकृत समाजवादीको पक्षमा ४९३ मत परेको छ ।

चितवनको भरतपुर महानगरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले तथा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?