+
+

उदयपुरको चौदण्डीगढीमा एमालेका लामा र दुलाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते २०:२०

४ जेठ, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कालुमान लामा र उपमेयरमा मणिकादेवी दुलाल निर्वाचित भएका हुन् ।

लामाले ८५१ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र राईलाई पराजित गरे । उनले ८ हजार ८६३ मत ल्याउँदा राईले ८ हजार १२ मत पाए । नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार नरेन्द्रकुमार राउतले ४ हजार ३७५ मत ल्याए ।

यसैगरी उपमेयरमा निर्वाचित दुलालले ९ हजार ५६६ मत ल्याउँदा उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी रीताकुमारी चौधरीले ७ हजार ७६० मत ल्याइन् । नेकपा माओवादी केन्द्रकी उपमेयर उम्मेदवार हीरा थापा तिमिल्सिनाले ३ हजार ५११ मत प्राप्त गरिन् ।

२०७४ सालको निर्वाचनमा कांग्रेसका राई मेयरमा र चौधरी उपमेयरमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?