+
+

धनकुटामा भत्कियो एमालेको ‘लालकिल्ला’,गठबन्धनको लाभ कांग्रेसलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १८:५६

५ जेठ, धनकुटा । ०७४ सालको स्थानीय निर्वाचनमा धनकुटाको सबै सातवटा स्थानीय तहको नेतृत्व जितेको नेकपा एमालेले ०७९ सालमा आउँदा चारवटा स्थानीय तहको नेतृत्व गुमाएको छ ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले मिलेर प्रतिस्पर्धा गर्दा एमाले तीनवटा स्थानीय तहको नेतृत्वमा सीमित भएको छ । चारवटा स्थानीय तहको नेतृत्वम नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । उपप्रमुख भने एमालेले ६ वटामा जितेको छ र एउटामा नेकपा माओवादी केन्द्रले जितेको छ ।

एमालेले धनकुटा नगरपालिका, चौबिसे गाँउपालिका, शहीद भूमि गाँउपालिकाको प्रमुख र उपप्रमुख दुबै पद जितेको छ । त्यस्तै महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका, साँघुरीगढी गाउँपालिकाको उपप्रमुख पनि एमालेले जितेको छ ।

नेपाली कांग्रेसले महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका, साँघुरीगढी गाउँपालिका र छथर जोरपाटी गाउँपालिकाको नेतृत्व जितेको छ । नेकपा माओवादी केन्द्रले भने छथर जोरपाटी गाउँपालिकाको उपाध्यक्ष मात्र जितेको छ ।

२०७४ सालमा जिल्लाका सबै स्थानीय तहको नेतृत्व जितेपछि धनकुटा सदरमुकाममा आयोजित विजयसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तल्कालिन जिल्ला अध्यक्ष राजेन्द्र राईलाई म्यान अफ द इलेक्सन को उपाधि दिएका थिए ।

अघिल्लो निर्वाचनमा कुल ६० वट वडामध्ये ४३ वटा जितेको एमालेले यस पटक ३१ वटा वडाको नेतृत्व जितेको छ । एमालेले २०७४ सालको निर्वाचनमा पाख्रिबास नगरपालिकामा प्रमुख, उपप्रमुख, सबै वडाध्यक्ष र वडासदस्य जितेर क्लिनस्वीप गरेको थियो । यसपटक भने उपप्रमुख र पाँचवटा वडाध्यक्ष पद जितेको छ । प्रमुख र अरु पाँचवटा वडाध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ ।

नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रमणि पराजुली सत्तारुढ दलहरु मिलेको र उनीहरुले निर्वाचन प्रभावित पार्ने काम गरेकाले केही स्थानीय तहको नेतृत्व गुमाउनुपरेको बताए । यद्यपि उनले यसपटक जिल्ला समन्वय समिति एमाले एक्लैले बनाउने दावी गरे ।

नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राईले एमालेको किल्ला भत्काउन गठबन्धन सफल भएको बताए । एमालेले गरेको क्रियाकलापबाट जनता खुसी नभएकाले जनताले गठबन्धनका उम्मेदवार रोजेको उनको भनाइ छ ।

स्थानीय निर्वाचनका लागि धनकुटाका सत्तारुढ दलले जिल्लाका सातवटै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका थिए ।

सात स्थानीय तहमध्ये पाँचवटामा कांग्रेसले नेतृत्व लिएको थियो भने एउटामा माओवादी केन्द्र र एउटामा नेकपा एकीकृत समाजवादीलाई नेतृत्व दिएको थियो । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार नेकपा एमालेका उम्मेदवारसँग पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?