+
+

थोत्रो गाडीलाई नयाँ ड्राइभरले चलाउँदैमा गाडीले रफ्तार लिंदैन, अर्थतन्त्र यही अवस्थामा छ : विनोद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १७:२५
फाइल तस्वीर

५ जेठ, काठमाडौं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अर्थतन्त्रमा अहिले देखिएको संकट वर्तमान सरकार वा अर्थमन्त्रीका कारण नआएको बताएका छन् ।

विनियोजन विधेयक २०७९ : सिद्धान्त र प्राथमिकता माथि संसदमा जारी छलफलमा भाग लिँदै सांसद चौधरीले अर्थतन्त्रलाई थोत्रो बनाउने क्रमको सिलसिला लामो समयदेखि चलेको उल्लेख गरे ।

उनले भने, ‘गाडीको ड्राभइर बदलिदैंमा तीव्र रफतार समाउँदैन, अर्थतन्त्रको अवस्था यही हो, वर्तमान अर्थमन्त्री र सरकारलाई दोष छैन, यो सरकारले त एउटा बजेटसम्म पनि पेश गर्न पाएको छैन ।’

खासगरी आफूले अर्थतन्त्र सम्हालेको बेला समस्या केही छैन भन्दै कमजोरी लुकाउने र बाहिर आएपछि मात्र समस्या देखाउने प्रवृत्तितर्फ उनले इंगित गरेका छन् ।

अर्थतन्त्रबारे बजेटको बेला मात्र छलफल हुन्छ,’ उनले भने, ‘अरु बेला अर्थतन्त्र कता गइरहेको छ भन्ने बारे किन गम्भिरताका साथ छलफल गरिएन ?,’ उनले अर्थतन्त्र समस्यामै रहेको भन्दै यो पुरानो प्रवृत्तिको निरन्तरता मात्र भएको बताए ।

विकास बजेट कार्यान्वयन गर्न नसक्ने प्रशासकीय क्षमता ह्रास भएको विषय १० औं पटक उठाउँदा समेत सम्बोधन नगरिएको भन्दै उनले भने, ‘यसै कारण हो यो साल पनि पँजीगत खर्च ३१ प्रतिशत मात्र भएको छ ।’

उनले युवामा चरम नैरास्यता देखिएको भन्दै नेपाल भित्रै बस्ने वातावरण बनाउन बजेटले भूमिका खेल्नु पर्ने बताए । उनले नेपाल भित्र गुणस्तरीय शिक्षामा लगानी गर्दै शिक्षाका नाममा विदेशिने ठूलो रकम स्वदेशमै रोक्न समेत आग्रह गरे ।

विभिन्न प्रकारका रोजगार मुलुक कार्यक्रम प्रभावकारी नभएको भन्दै ती कार्यक्रमको समLक्षा गर्न समेत चौधरीले अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।

भारत र चीनबाट मात्र वार्षिक ५० लाख पर्यटक भित्राउने वातावरण बनाउने हो भने रोजगारीको ठूलो समस्या हल हुने उनको भनाइ छ । उनले स्टार्टअपलाई प्राथमिकता दिन सुझाव दिए ।

भारतसँगको व्यापार घाटा कम गर्न विद्युत निर्यात नै सबैभन्दा ठूलो हतियार भएको उनको भनाइ छ । उनले बजेटपछि पूँजीबजारमा नयाँ तरंग आउनु पर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?