+
+

११०० रुपैयाँमा वर्ल्डलिंकको २०० एमबीपीएस इन्टरनेट चलाउन पाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १७:३१

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले बुधबारदेखि लागू हुने गरी ३३ सय रुपैयाँमा २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।

नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै सस्तो दरको इन्टरनेट प्याकेज ल्याएको कम्पनीले जनाएको छ ।

ग्राहकका लागि यो प्याकेज बजारमा उपलब्ध भएका मध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ । यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ । केवल राउटरका लागि एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने कम्पनीको भनाइ छ ।

‘राउटर डिपोजिट र इन्टरनेट शुल्क बाहेक ग्राहकले थप अन्य कुनै पनि शीर्षकमा शुल्क तिर्नु पर्दैन,’ कम्पनीले भनेको छ, ‘यो नयाँ प्याकेजबाट विशेष गरी नेटटिभी आवश्यक नपर्ने ग्राहक लाभान्वित हुने अपेक्षा लिएका छौं ।’

२०० एमबीपीएसको यो नयाँ प्याकेजमा नेटटिभी बाहेकका सुविधा भने उपलब्ध हुने बताइएको छ । जसअनुसार ग्राहकले पाँच ओटा डिभाइसमार्फत कम्पनीका १४ हजारभन्दा बढी वाइफाइ हटस्पटमा अनलिमिटेड डेटा चलाउन सकिने ‘वाईफाई मोबिलिटी’को सुविधा पाउनेछन् ।

यसका साथै ‘तुरुन्तै सर्भिस ग्यारेन्टी’ को रुपमा इन्टरनेटमा समस्या आउँदा दुई घण्टाभित्र समाधान नभए थप दुई दिनको इन्टरनेट सुविधा समेत उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।

‘टाइम ब्याक’ अर्थात् इन्टरनेट अवरुद्ध भएको समय समेत थप हुने कम्पनीले जनाएको छ । यो प्याकेज विद्यमान ग्राहकहरूका लागि समेत उपलब्ध रहेको छ । नेटटिभी आवश्यक पर्ने ग्राहकले भने चार हजार ५० रुपैयाँमा कम्पनीको २०० एमबीपीएसको तीन महिने प्याकेज लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?