+
+

२१ वर्षदेखि फरार अभियुक्त भोट हाल्न आउँदा समातिए

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १८:२९

५ जेठ, लमजुङ । साविक पुनरावेदन अदालत पोखराले कैद र जरिवाना सुनाएका लमजुङको मध्यनेपाल नगरपालिका १ जिताका ५१ वर्षीय भुपेन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

२०५७ सालको अन्त्यतिर भएको चोरी तथा डाँकामा संलग्न रहेको आरोपमा उनी २०५८ वैशाखतिर ३ साता प्रहरी हिरासतमा बसेका थिए ।

लमजुङ जिल्ला अदालतले साधारण तारेखमा छाडेका उनलाई तत्कालीन पुनरावेदन अदालत पोखराले २०६० फागुन ३ गते डाँकाचोरी मुद्दामा ५ वर्ष ११ महिना ७ दिन कैद र ४७ लाख ८७ हजार २ सय ५० रुपैयाँ जरिवाना तोकेको थियो ।

तर उनी फरार थिए । तर चुनावमा भोट हाल्न गाउँ आएको सूचनाका आधारमा उनलाई पक्राउ गरी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

प्रहरीका अनुसार उनका सुरुका फाइलहरुमा घटनाबारे एकीन तथ्यांक भेटिएको छैन ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार जरिवाना समेतको रकम दाखिला गर्न नसकेको र उक्त जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी अदालतले पौडेललाई ९ वर्ष ११ महिना ६ दिन कैदमा राख्ने फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?