+
+
Shares

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते

बेसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङाबी भन्ने ठाउँमा अहिले दिउँदो पौने ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते १८:३९

२१ चैत, काठमाडौं । लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

बेसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङाबी भन्ने ठाउँमा अहिले दिउँदो पौने ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उकालो चढिरहेको जिप सडकबाट ५० मिटरजति तल खसेको थियो ।

जिपमा चालकसहित १४ जना सवार रहेको पाइएको डीएसपी बस्नेतले जानकारी दिए । उनीहरू सबै घटनास्थलमा घाइते भएका थिए । घाइतेहरूको उद्धार गरेर उपचार गर्न लैजाँदा दुई जनाको मृत्यु भएको छ ।

मृतकमा मर्स्याङ्दी–७ उस्ताकी ४० वर्षीइ त्रिवेणी गुरुङ र सोही ठाउँकी ३४ वर्षीय पुष्पा घले रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूमध्ये गम्भीर रहेका तीन जनालाई चितवन रेफर गरिएको डीएसपी बस्नेतले जानकारी दिए । यस्तै चालक करण अधिकारी पनि घाइते रहेकाले दुर्घटना सबै कारण खुलिनसकेको उनले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?