+
+
Shares

लमजुङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लमजुङमा मोटरसाइकलको ठक्करबाट ७४ वर्षीय मोहनिधी सेढाईको उपचारको क्रममा मृत्यु भएको छ।
  • बेसीशहर नगरपालिका–११ रामचोकमा ग.प्र०१–००१ प ०१६९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो।
  • दुर्घटनामा घाइते मोटरसाइकल चालकको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

१ जेठ, काठमाडौं । लमजुङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

बेसीशहर नगरपालिका–११ रामचोक बेसीस्थित सडकमा उदिपुरबाट रामचोक बेसीतर्फ जाँदै गरेको ग.प्र०१–००१ प ०१६९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

उक्त ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय मोहनिधी सेढाईको शुक्रबार बिहान मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?