+
+
Shares

जिपले च्यापेर चालकको मृत्यु

प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार मृतक गुरुङ सो जितका चालक हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १६:२०

२६ फागुन, लमजुङ । दोर्दी गाउँपालिका–४ लामीडाँडामा जिपले च्याप्दा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो ग १ ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा दोर्दी गाउँपालिका–४ ठुलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार मृतक गुरुङ सो जितका चालक हुन् । जिप ‘स्टार्ट’ गरेर पछाडिको ‘ओत’ निकाल्न खोज्दा जिप गुडेर पछाडिको भागले च्यापेर छाती र हातमा चोट लागेर घाइते भएका गुरुङलाई तत्काल उद्धार गरेर प्रादेशिक अस्पताल बेसीसहर ल्याएपनि बचाउन नसकिएको देखिएको उनले बताए । अस्पताल पुर्‍याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । –रासस

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?