+
+

सर्लाहीको हरिवनको मेयरमा माओवादीका बुढाथोकी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते ८:१८

६ जेठ, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) विजयी भएका छन् । त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् ।

मतगणनाका क्रममा अन्तिम समयसम्म कडा प्रतिष्पर्धा देखिएको हरिवनको मेयरमा बुढाथोकीले निवर्तमान मेयर एमालेका गणेशप्रसाद प्रसाईंलाई १५३ मतले पराजित गर्न सफल भए । ७००२ मतसहित बुढाथोकी विजयी हुँदा निवर्तमान मेयर प्रसाईंले ६८४९ मत पाएका छन् ।

माओवादीले एउटा वडा र सदस्यसमेत  नजित्दा पनि माओवादीका बुढाथोकी मेयरमा विजयी भए । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका प्रसाईंसँगै पराजित भएका थिए । योसहित माओवादीले सर्लाहीका तीन पालिकामा प्रमुख हात पारेको छ ।

उपमेयरमा भने एमालेकी घलान ६८५५ मतसहित विजयी भइन् । निकटतम् प्रतिद्वन्द्वी माओवादीकै पद्मा मोक्तानले ५३२१ मत ल्याइन्  ।

वडा नम्बर १, २, ४ र ९ को वडाध्यक्ष कांग्रेस, ३, ७, १० र ११ मा एमाले तथा ५ र ६ मा नेकपा एकीकृत समाजवादीले वडाध्यक्ष हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?