+
+

बालेनको मत २८ हजार नाघ्यो, काठमाडौं-३२ को वडाध्यक्षमा एमालेका पराजुली निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते ११:३५

६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको मत २८ हजार नाघेको छ । ७३ हजार ५ सय मत गणना हुँदा साहको लौरो चुनाव चिन्हमा २८ हजार २० मत प्राप्त भएको छ ।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितलाई १४ हजार ५४८ मत र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई १३ हजार ९९० मत प्राप्त भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ को वडाध्यक्षमा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् । पराजुलीले ५ हजार २२५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीकी सीतादेवी कँडेल पराजुलीले ३ हजार १०८ मत प्राप्त गरिन् । उक्त वडामा १२ हजार १५ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?