+
+
Shares

प्यूठानका जनप्रतिनिधिले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १३:३१

६ जेठ, प्यूठान । प्यूठानका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन् । शपथ लिए लगत्तै सबै जनप्रतिनिधिहरुले सम्बन्धित पालिका र वडामा गएर पदभारग्रहण समेत गरेका छन् ।

दुई नगरपालिका र सात वटा गाउँपालिकाका प्रमुख/अध्यक्षहरुले मुख्य निर्वाचन अधिकृत, जिल्ला न्यायधीश श्यामलाल घिमिरेबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

त्यस्तै, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्यले पनि पालिकामा खटिएका निर्वाचन अधिकृतबाट संयुक्तरुपमा शपथ लिएको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए।

स्थानीय सत्ताको बागडोर सम्हाल्ने जिम्मेवारीमा आइपुगेका नवनिर्वाचित जनप्रतिनिधिहरुले जनतालाई गाउँ सरकारको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

शपथ तथा पदस्थापन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत  घिमिरेले नवनिर्वाचित सबै जनप्रतिनिधिलाई कार्यकाल सफलताको शुभकामना दिए ।

९ स्थानिय तहमध्ये ३ वटा स्थानीय तहमा नेपाली कांग्रेस, ३ वटामा माओवादी केन्द्र र २ वटामा नेकपा एमाले र एक वटामा राष्टिय जनमोर्चाले जितेको छ ।

प्यूठानमा जम्मा ३३८ जनप्रतिनिधि चुनिएका छन।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?