+
+

इण्डोनेसियाले प्रतिबन्ध हटाएपछि सोमबारबाट नेपालमा पनि पाम तेल आयात हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १३:५५

६ वैशाख, काठमाडौं । पाम तेलको ठूलो उत्पादक र निर्यातकर्ता मुलुक इण्डोनेसियाले निर्यातमा लगाएको प्रतिवन्ध हटाएको छ । आफ्नै मुलुकमा तेलको मूल्य उच्च भएपछि गत वैशाख दोस्रो सातादेखि इण्डोनेसियाले पाम तेल निर्यात रोकेको थियो । आगामी सोमबारबाट इण्डोनेसियाको पाम तेल निर्यात खुला हुने बीबीसीले जनाएको छ ।

इण्डोनेसियाले पाम तेलको निर्यात रोक्दा नेपाली बजार पनि त्यसबाट प्रभावित भएको थियो । बिस्कुट, साबुन, चाउचाउ लगाउतका उद्योगमा कच्चा तेलको रुपमा प्रयोग हुनुका साथै नेपालमा प्रशोधन भएर ठूलो मात्रामा पाम तेल भारत निर्यात हुँदै आएको थियो । पाम तेलको आयात प्रभावित हुँदा ठूलो लगानीका झण्डै दुई दर्जन प्रशोधन उद्योग र रोजगारी पनि समस्यामा परेको थियो ।

मोरङ व्यापार संघका निवर्तमान पूर्व अध्यक्ष प्रकाश मुन्दडाले आगामी सोमबारदेखि पाम तेलको आयात हुने जानकारी पाएको बताए । ‘भारतमा खुलेपछि नेपालमा पनि खुल्छ होला नै,’ मुन्दडाले भने, ‘आगामी सोमबारबाट आयात नियमित हुन सक्छ ।’

चालु आर्थिक वर्षको चैतसम्म ३३ अर्ब ६१ करोड रुपैयाँ बराबरको २४ करोड ७८ लाख लिटर पाम कच्चा तेल नेपाल भित्रिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?