+
+

सरकारसँग गगन थापाको प्रस्ताव : राष्ट्रिय उत्पादन दशक घोषणा गरौं

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १४:०५
फाइल तस्वीर

६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आगामी बजेटबाट एक दशकलाई राष्ट्रिय उत्पादन दशक घोषणा गर्न सरकारसँग प्रस्ताव गरेका छन् ।

विनियोजन विधेयक २०७९/८० को सिद्धान्त र प्राथमिकतामाथि संसदमा जारी छलफलमा भाग लिँदै थापाले यस्तो प्रस्ताव गरेका हुन् ।

अर्थतन्त्रको अवस्थाका बारेमा खुम्चेर नभई खुलेर बहस गर्न आग्रह गर्दै यो अवस्था रातारात भने नआएको उल्लेख गरे । अब केही निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गर्ने र लोकप्रिय नारामा मात्र सीमित नराखी प्रवृत्ति बुझेर तत्काल र दीर्घकालिन रुपमा गर्नु कामको सुरुवात गर्न उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराए । यसका लागि आगामी दशकलाई राष्ट्रिय उत्पादन दशक घोषणा गरी विभिन्न सात वटा क्षेत्रमा आत्मनिर्भर बन्न सकिने प्रस्ताव गरे । नेपालले मान्छे बेचेर सामान किनेको भन्दै यस्तो नीतिमा परिवर्तन ल्याउने गरी बजेट आउनु पर्ने बताए ।

थापाले धागो (कपडा उद्योग), जुत्ता, निर्माण सामग्री, कृषि/खाद्यान, वन, हस्तकला र नयाँ क्षेत्रलाई प्राथमिकता दिएर एक दशकलाई विशेष कार्यक्रम ल्याउन अर्थमन्त्रीसमक्ष आग्रह गरे । यसमा दुई प्रकारको नीति लिन समेत उनले आग्रह गरे । एउटा ‘सफ्ट’ र अर्को ‘हार्ड’ नीतिको अवधारणामा जान उनले आह्वान गरे ।

‘सफ्ट’मा राष्ट्रिय उत्पादन र उत्पादकत्व बढाउने, प्रविधि, प्रतिस्पर्धी क्षमता बढाउने जस्ता क्षेत्रमा काम गर्न सुझाव दिए । ‘हार्ड’ नीतिमा भने छूट र प्रोत्साहनको नीति ल्याउन आग्रह गरे । यस्तो नीति बनाउँदा रणनीतिक र औचित्यपूर्ण हुनुपर्ने सुझाव उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?