+
+

महिला टी-२० क्रिकेट : नेपालले युगान्डालाई दियो ९८ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १५:२१

६जेठ, काठमाडौं । महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको चौथो खेलमा नेपालले युगान्डालाई ९८ रनको लक्ष्य दिएको छ ।

बर्षाका कारण २ ओभर घटाइएको खेलमा नेपालले निर्धारित १८ ओभरमा सबै विकेट गुमाएर ९७ रन जोड्न सक्यो । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि ओपनर ज्योति पाण्डेले १३ बलमा १७ रन जोडिन् ।

त्यस्तै बिन्दु रावल १६,  सीता राना मगर ११, डली भट्टले ६, अप्सरी बेगमले ४, सरिता मगरले २, कप्तान रुविना क्षेत्री र उपकप्तान इन्दु बर्माले १-१ रन जोडे ।

युगान्डाका लागि कोन्की ओन्केले सर्वाधिक ३ विकेट लिइन् । सारा अकितेङले समान २ र जानेत बाबाजीले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?