+
+

पूर्व डीएसपी महतो मिथिला नगरपालिकाको मेयरमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १६:३८

६ जेठ, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र महतो निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् ।

महतो ७ हजार ३१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत प्राप्त गरे । मेयरमा निर्वाचित महतो नेपाल प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) हुन् । प्रहरीबाट सेवानिवृत्त भएपछि उनी कांग्रेसबाट चुनाव लडेका थिए ।

उपमेयरमा निर्वाचित बुढाथोकीले ७ हजार ४१४ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी निर्मला कोइरालाले ६ हजार ७३५ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?