+
+

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १७:४०
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय

६ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतगणनाको माग गरेको छ । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतदानका क्रममा विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताले कांग्रेसका उम्मेदवारलाई आक्रमण, थुनछेक र लखेट्ने गरी बुथ कब्जा गरेर फर्जी मत हालेको कांग्रेसले आरोप लगाएको छ ।

‘भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई चुनौती दिंदै नेकपा एमालेका तर्फबाट सो नगरपालिकामा भएको बाहुबलको प्रयोग र बुथ कब्जा जस्तो अलोकतान्त्रिक कार्यको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा भनेका छन् ।

निर्वाचनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, उम्मेदवार, प्रतिनिधि र मतदातालाई सुरक्षित राख्न निषेधाज्ञा (कफ्र्यु) जारी गर्नुपरेको घटनाले स्थिति निकै भयावह भएको देखाएको कांग्रेसको भनाइ छ ।

बढ्दो असुरक्षा र भयरहित वातावरणमा निर्वाचन गर्ने अवस्था नभएका कारण निर्वाचन अधिकृतले सदरमुकाम पुगेर राजीनामा दिएको भन्दै कांग्रेसले कब्जा गरिएका मतदान केन्द्रका मतपेटिका तिनै निर्वाचन अधिकृतलाई बुझ्न बाध्य पारेको पनि बताएको छ ।

कांग्रेस मुख्य सचिव पौडेलले जारी गरेको विज्ञप्तिमा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र पारदर्शितामा गम्भीर चुनौती दिने काम भएकाले त्यसमा संलग्न उपर कानुन बमोजिम कडा कारबाहीको माग गरिएको छ । ‘नेपाली कांग्रेस त्यसरी कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोगसमक्ष अनुरोध गर्दछ,’ पौडेलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?