
६ जेठ, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलान निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका फणिन्द्र तिमल्सिना विजयी भएका छन् ।
घलानले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् । उनले ७ हजार ३८४ मत प्राप्त गर्दा जर्घामगरले ६ हजार १६६ मत ल्याए । यो गाउँपालिकामा कांग्रेस र माओवादीले तालमेल गरेका थिए ।
उपाध्यक्षमा निर्वाचित फणिन्द्रले ७ हजार ९३५ मत प्राप्त गरे भने उनको निकटतम प्रतिस्पर्धी एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गरिन् ।
बागमती गाउँपालिकामा माओवादी केन्द्रले ५ वटा, एमालेले ३ वटा र कांग्रेसले एउटा वडामा अध्यक्ष जितेका छन् । मतगणनाको क्रममा विवाद हुँदा दोहोर्याएर एउटा वडाको मतगणना गर्नुपर्दा ढिलो नतिजा सार्वजनिक गर्नुपर्ने अवस्था आएको निर्वाचन अधिकृत हरि उपाध्यायले बताए ।
प्रतिक्रिया 4