+
+

इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेसका हेमकर्ण निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते ६:५०

८ जेठ, काठमाडौं । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेल एमालेका यामकुमार चुङ्गवाङलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । उनले ३३०४९ मत ल्याएका छन् भने एमालेका यामकुमारले २८०३१ मत पाए । तेस्रो भएका राप्रपाका आकाश हाङ्ग लिम्बुले ३९०८ मत पाए ।

उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई पराजित गर्दै विजयी भएकी हुन् । चौधरीले ३२४३६ मत ल्याइन् भने विष्टले १८०३१ मत पाए । तेस्रो भएकी राप्रपाकी वविताकुमारी चौधरीले ४७१९ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?