+
+

पाल्पाको रम्भा गाउँपालिकामा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते ७:३८

९ जेठ, पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा विष्णु प्रसाद भण्डारी र उपाध्यक्षमा राधा कुमारी श्रेष्ठ विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा विजयी भण्डारीले ५ हजार ५८६ मत पाएका छन् । अर्का प्रत्यासी नेकपा एकीकृत समाजवादीका दुर्गा प्रसाद अधिकारीले ४ हजार ५४२ मत पाए ।

यसैगरी उपाध्यक्ष पदमा विजयी राधा कुमारी श्रेष्ठले ५ हजार ७१९ मत पाउँदा अर्का प्रत्यासी नेपाली कांग्रेसका विष्णु कुमार थापाले ५ हजार ५८ मत पाएका छन् ।

रम्भा गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा पनि अध्यक्ष भण्डारी र उपाध्यक्षमा श्रेष्ठ नै विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?