+
+

कुन मोबाइल प्रयोग गर्छन् बिल गेट्सले ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते ११:२०

विश्वका चर्चित सेलिब्रेटी तथा अर्बपतिहरूले कुन ब्राण्डको मोबाइल फोन प्रयोग गर्दछन् भन्ने आम चासोको विषय हुन्छ । मानिसहरू मोदीदेखि मस्कसम्मले चलाउने फोनका मोडल जान्न चाहन्छन् ।

माइक्रोसफ्टका संस्थापक अर्बपति बिल गेट्सले कुन ब्राण्डको मोबाइल फोन प्रयोग गर्दछन् होला अहिले ?

तपाईंलाई अनौठो लाग्ला कि बिल गेट्स स्वयं आफूले स्थापना गरेको माइक्रोसफ्टको फोन प्रयोग गर्दैनन् । उनले सबैभन्दा सुरक्षित र प्रिमियम मानिएको आइफोन पनि प्रयोग गर्दैनन् । वास्तवमा गेट्सले एक फोल्डेबल फोन प्रयोग गर्दछन् । बिल गेट्सले प्रयोग गर्ने फोनको नाम सामसुङ ग्यालेक्सी जेड फोल्ड थ्री हो ।

9 to 5 google को रिपोर्ट अनुसार सोसल मिडिया साइट रेडिटमा Ask Me anything सेसनका क्रममा गेट्सले उक्त कुराको खुलासा गरेका हुन् । ग्यालेक्सी जेड फोल्ड थ्री स्क्रिनका कारण एक उत्कृष्ट फोन रहेको र आफुले त्यो सँगै पोर्टेबल पर्सनल कम्प्युटर पनि प्रयोग गर्ने उनले बताएका छन् ।
रेडिटमा एक कमेन्टमा उनले यसको जानकारी दिएका छन् ।

विन्डोज र सामसुङबीचको सहकार्यका कारण पनि बिल गेट्सले ग्यालेक्सी फोन बोक्ने गरेको हुनसक्ने अनुमान गरिएको छ । यसअघि पनि गेट्सले आफुले एप्पल आइफोनको साटो एन्ड्रोइड फोनको प्रयोग गर्ने गरेको बताएका थिए ।

यसपटक चाहिँ उनले ठ्याक्कै कुन एन्ड्रोइड फोन प्रयोग गर्दछन् भन्ने कुराको मोडेल समेत खुलासा गरिदिएका छन् ।

सामसुङ ग्यालेक्सी जेड फोल्ड थ्रीमा ६.२ इन्चको एचडी प्लस एमोलेड 2X डिस्प्ले रहेकेा छ । यसको रिफ्रेस रेट १२० हर्ज छ । अनफोल्ड गर्दा यसको डिस्प्ले ७.६इन्चको छ । यसको पछाडिपट्टि ट्रिपल रियर क्यामरा सेटअप रहेको छ । साथै यसमा ४४०० मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहेको छ ।

सामसुङ ग्यालेक्सी जेड फोल्ड थ्रीमा १२ गिगाबाइटको र्याम छ भने २५६ जिबी र ५१२ जिबी मेमोरीका दुई मोडेल उपलब्ध छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?